१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक



काठमाडौँ । नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका छन् ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।

एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ३१ बजे