१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

सचिवमा उठ्ने तयारी गरेको छु : भट्टराई



काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले फेरी सचिवमै उम्मेदवारी दिने तयारी गरेका छन् ।

“लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु” उनले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताए ।

एमालेको १०औं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिए ।

साथै उनले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको पनि बताए ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : २७ बजे