१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा



सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो । कूल ८९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख समेत रहेको शेर्पाले ५१३ र बस्नेतले ४७१ मत प्राप्त गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए भने सभापति पदका अर्का उम्मेद्वार रामबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए । अघिल्लो मतपरिणाम अनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेतले दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोरे । सोलुखुम्बु दुधकुण्ड नगरपालिका प्रमुख शेर्पाले जिल्लाको हितमा विभिन्न महत्वपुर्ण कार्यहरु समेत गदै आएका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ५५ बजे