१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महिला राष्ट्रिय हक्की प्रतियोगिता हेटौडामा हुने


Ang

१६ मंसिर २०७८, बिहिबार  

0
Shares

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह-आयोजनामा चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको आयोजकले जनाएो छ ।

प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली -नेपाल आर्मी) ले सहभागिता जनाउने भएका छन । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उप-महानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र बिभिन्न संघ संस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जनाएका छन । सिंहका अनुसार संघको शनिबार बैठक बसी प्रतियोगिताको तयारीको सुरुवात गरिने भएको छ ।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै गत माघ महिनामा सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा भएको तेस्रो संस्करणको उपाधि बिभागिय टोली नेपाल आर्मीले जितेका थिए । प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २० बजे