१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

राप्रपा विधान संशोधन: सबै तहका अध्यक्षको कार्यकाल दुईपटक मात्रै



काठमाडौं । राप्रपामा केन्द्रीयदेखि तलसम्म कुनै पनि समितिमा लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने भएको छ।

बुधबार बेलुका बसेको राप्रपा एकता महाधिवेशनको बन्दसत्रले लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइनेगरी विधान संशोधन गरेको हो ।

अब राप्रपामा जुनसुकै तहको अध्यक्ष पदमा लगातार दुईकार्यकाल भन्दा बढी बस्न पाइँदैन ।

यस आधारमा अब कोही लगातार दुई कार्यकाल अध्यक्ष भइसकेको छ भने उसले तेस्रोपटक अध्यक्ष पदमा उम्मेदवारी दिन पाउँदैन ।

यस्तै बुधबार बेलुकाको बन्दसत्रले पार्टीमा बहुमतको निर्णय पारित हुने र फरक विचार पनि राख्न पाइने निर्णय पनि गरेको थियो ।

राप्रपाको एकता महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया बिहीबार दिउँसो सुरु हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १ : ३९ बजे