२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट



नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोउपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो

एक विदेशी उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो स्वास्थ्य मन्त्रालयका सचिव डा रोशनपोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन

स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्नुभयो यसअघिभारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : ५२ बजे