२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

न्युयोर्कमा नारायणगोपालको सम्झना



न्युयोर्क । स्वर सम्राट नारायणगोपालको ३१औँ स्मृति दिवसमा न्युयोर्कमा सांगीतिक कार्यक्रम आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा हिमालय कल्चर एकेडेमीले न्युयोर्कमा रहेका कलाकारहरुलाई जमघट गराएर सांगीतिक कार्यक्रम गरी स्व. नारायणगोपालप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

नेपाली सिनेमा निर्माता निर्देशक तथा लेखक दीपक श्रेष्ठव्दारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा नारायणगोपालले गाउनुभएका गीतहरु विभिन्न कलाकारहरुले गाएका थिए । गीत गाउने कलकारहरुमा जगदीश समाल, राजेन्द्र राई, संगीता मुखिया छोचु , अभय ढुंगेल, सुवर्ण शाक्य, हजुरी शाह, विमल डाँगी, निशा सुनार, ओम कर्माचार्य र सानु शेर्पा थिए ।
त्यस्तै संगीत दिनेहरुमा जगदीश समाल, शिशिर श्रेष्ठ, राजेन्द्र कर्ण, हेमराज राई, रामसिंह, सुवास दाहाल थिए ।
त्यस अवसरमा वरिष्ठ कानुनविद् विनोद रोक्काले मीठो कविता सुनाएका थिए ।
कार्यक्रम सञ्चालक दीपक श्रेष्ठले नारायणगोपालका गीतका साथै उनको जीवनीबारे दर्शक श्रोतालाई जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा हिमालय कल्चर एकेडेमीका संस्थापक तथा गायक अभय ढुंगेलले कार्यक्रमा सहभागी दर्शक, श्रोता, गायक तथा संगीतकार सबैलाई धन्यवाद ज्ञापन गर्दै नारायणगोपालको सम्झनालाई सधैँ जिवन्त बनाउन सबैको माया साथ पाइरहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : १७ बजे