२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ



संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८% बेडहरू भरिभराउ छन् ।

जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८% आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२% कोभिड-१९का बिरामीहरू छन् ।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ ।

विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ।

“हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैर-आवश्यक यात्रा गर्ने यात्रुहरूलाई हाम्रो लचिलो ट्राभल नीति प्रयोग गरी आफ्नो यात्रालाई पछिको मितिमा परिवर्तन गर्न विचार गर्न दृढताका साथ आग्रह गर्दछौं,” जेटब्लुले विज्ञप्तिमा यात्रुहरूलाई अनावश्यक उडानहरू पुन: तालिकाबद्ध गर्ने बारे सोच्न प्रोत्साहित गर्दै उक्त आग्रह गरेको छ ।

ओमिक्रोन भेरियन्टले संयुक्त राज्य अमेरिकालाई नराम्ररी प्रभावित पारेको र जाडो मौसमले थप उडानहरू रद्द गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : १९ बजे