नेपाल सरकार बल्ल बोल्यो: लिम्पियाधुरा, कालापानी र नेपालका अभिन्न भूभाग

२०७८ माघ २, आईतवार १६:००

काठमाडौँ । व्यापक जनदवाव पछि नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालीले आफ्नो भनी दावी गरिरहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सडक निर्माण कार्य जारी रहेको भन्ने अभिब्यक्तीको विभिन्न पार्टी तथा नागरिक समाजले विरोध गर्दै आएको छ । तर, यस विषयमा सरकार मौन बसेको भनेर अलोचना हुँदै आएको थियो ।

यही सिलसिलामा आइतबारको पत्रकार सम्मेलनमा सरकारका प्रबक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको अभिन्न अंग भएको बताएका हुन् ।

“नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ” उनले भने । नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि सम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।

सम्बन्धित समाचार