१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

थारुले मनाए न्युयोर्कमा माघी



न्यूयोर्कबासी थारुहरुले आफ्नो समुदायको महान पर्व माघी (थारुहरुको नयाँ बर्ष २६४५) न्यूयोर्क मनाएका छन् ।
थारु एण्ड फ्रेन्ड्स एसोसियसनले रिजउडमा माघी पर्वको शुभकामना व्यक्त गर्दै हेन्ड स्यानिटाइजर वितरण गरी माघी पर्व मनाएको हो । पछिल्लो समय न्यूयोर्क लगायत विभिन्न राज्यहरुमा बढी रहेको ओमिक्रोन भाइरसलाई परास्त गर्ने उद्देश्यले पाँच सय बढी थान हेन्ड स्यानिटाइजर वितरण गरी थारुहरुको पर्व माघी मनाएको थारु एण्ड फ्रेन्ड्स एसोसियसनका उपाध्यक्ष दिपक चौधरीले जानकारी दिए ।

उपाध्यक्ष चौधरीको नेतृत्वमा थारु समुदायलगायत विभिन्न समुदायका पाँच सय बढी सहभागीहरुलाई नि:शुल्क हेन्ड स्यानिटाइजर वितरण गरेको हो । माघी पर्वलाई थारु समुदायले विशेष पर्वको रुपमा मनाउँदै आएको छ ।
विभिन्न समुदाय र जात जातिले भिन्न भिन्न रुपमा आफ्नै मौलिक तरीकाले विभिन्न नाम दिई मनाउँदै आएको छ भने थारु समुदायले माघीलाई वर्षभरी गरिने कामको योजना बनाउने दिनको रुपमा लिइन्छ । थारु समुदायले यो पर्वलाई कमैया कमलरी, लेनदेनको रुपमा लिने भएकोले यो पर्वलाई उत्साह र त्रास दुवै विशेषता बोकेको पर्वको रुपमा लिइदै आएको छ ।

आफ्नो मौलिकता, भाषा, संस्कृति र भेषभुषालाई संरक्षण गर्नका लागि पनि यो पर्व मनाएको चौधरीको भनाई छ । ओमिक्रोन भाइरस बढीरहेका कारणले अहिलेको वर्तमान परिस्थितिमा भाइरसलाई परास्त गर्न नेपाली समुदायका व्यक्तिहरुलाई सहयोग पुगोस भनेर स्यानिटाइजर वितरण गरी फरक ढंगले यो पर्व बनाएको चौधरीले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : २७ बजे