२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

क्यानडामा कोरोना बन्देजको विरोध, प्रधानमन्त्री ट्रुडो र परिवारले निवास छाडे



क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेका छन् ।

ट्रूडो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको हो । सीबीसीले शनिबार जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए ।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड-१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए । सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : ०७ बजे