एनआरएन जापानको दशौं महाधिवेशनको निर्वाचनको क्रममा प्रविधिको माध्यमबाट आफुखुशी मत हालेको सम्बन्धमा अनुसन्धानको लागि नेपाल प्रहरीको साइबर व्यूरोले आफै वा प्रतिनिधि पठाउन एनआरएनए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष कुमार पन्तलगायतलाई पत्रचार गरेको छ ।
यसरी बोलाइएकामा उपाध्यक्ष डा बद्री केसी महासचिव डा हेमराज शर्मा सचिव गौरीराज जोशी कोषाध्यक्ष महेश श्रेष्ठ र निर्वाचनमा प्राविधिक पक्ष सहालेका इनफीकेयर प्रालि रहेका छन् ।
प्रहरीले पत्रमा प्रविधिको दुरुपयोग गरी एमआईएस सिष्टममा अनधिकृत पहुँच गरी आइसीसी, आइसीसी आइटी र एनसिसि एडमिनले सन्चालक फेरबदल गरी आफुखुशी मतदान गरी विद्युतीय करोबार एेन २०६३ अनुसार अपराध गरेको सम्बन्धमा साइबर ब्युरोमा निवेदन परेको उल्लेख छ ।
उक्त निवेदनमा अनुसान गर्नु पर्ने उल्लेख गर्दै उक्त प्रविधिमा प्रयोग भइरहेको यूजर इमेल के कति मितिबाट कुन आईपी परिवर्तन भएको हो ? निर्वाचन भोटिङमा कुन कुन आइपीबाट कसरी कुन समयमा भोटिङ गरेको ? सो लगायतका विषयहरुमा पछिसम्म फरक नपर्ने गरी आफै उपस्थित हुन वा प्रतिनिधिलाई पठाएर अनुसन्धानमा सहयोग गर्न भनिएको हो ।