१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

न्युयोर्कमा मनायो सोनाम ल्होछार


Ang

२५ माघ २०७८, मंगलबार  

0
Shares


तामाङ समुदायको महान चाड २८५८ औ सोनाम ल्होछारको अवसरमा तामाङ समाज अमेरिकाले न्युयोर्कमा ल्होछार कार्यक्रमको आयोजना गरियो । नेपाली महाबाणिज्यदुताबासका बाणिज्यदुत गणेश अधिकारीको प्रमुख आतित्थ्यमा भएको थियो । तामाङ मौलिक सस्कृतिमा आधारित विभिन्न गीत तथा नृत्यहरुको प्रस्तुतीसंगै तामाङ भाषाविद अमृत योन्जन तामाङद्धारा लेखिएका तामाङ भाषाको पुस्तक ‘ तामाङ ताम’ हाते पुस्तकको विमोचन भएको थियो ।

समाजको अध्यक्ष विनिता तामाङले तामाङ समुदायको मौलिक कला सस्कृतिको संरक्ष्ाणको लागी न्युयोर्कमा हरेक वर्ष ल्होछार कार्यक्रम आयोजना गदै आएको बताए । त्यस्तै प्रमुख अतिथिको रुपमा उपस्थिति बाणिज्यदुत अधिरीले प्रवासमा तामाङ समुदायले महान चाढ ल्होछारको अवसरमा नेपाली मौलिक कला सस्कृतिको जर्गेना गर्नमा योगदान पुर्‍याएको बताएका थिए । कार्यक्रममा मेन्दोमाया गायक हेम वाइवा, नेपालबाट आएका चर्चित गायक मिलन लामा र मोडल अन्जली लामाको विशेष प्रस्तुत रहेका थिए । कार्यक्रममा विभिन्न समुदायको प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ०८ बजे