१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

फिप्नाको अमेरिकी स्थानीय निकाय सहकार्य तथा समन्वय बिभाग गठन



नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले अमेरिकी स्थानीय निकाय सहकार्य तथा समन्वय बिभाग गठन गरेके छ ।

फिप्नाका अध्यक्ष राजकुमार बिष्टले जारी गरेको बिज्ञप्ति अनुसार उक्त बिभागीय समितिमा टोमा लामा  (संयोजक ), छेमाङ तामाङ – (सह संयोजक तथा मार्केटिङ ), आरति राना मगर – ( प्राविधिक तथा कार्यक्रम संयोजक ), दिपक चौधरी (प्राविधिक तथा सदस्य सचिव ), सजिना श्रेष्ठ  ( प्राविधिक ), दिपेन्द्र लामा ( प्राविधिक तथा  सहजकर्ता ), बिग्णु राना मगर – ( पब्लिक रिलेसन ) र डोल्मा  शेर्पा  – ( कानुनी सहजकर्ता) रहेका छन् ।

समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै बिष्टले संस्थागत र जातीय समुदायको हितमा साथ, सहयोग र उल्लेखनीय भुमिकाको अपेक्षा रहेको उल्लेख गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, अमेरिकामा स्वतस्फूर्त अमेरिकी  कानुन  सम्वत मान्यता  प्राप्त  501 ( C ) 3 संस्था हो। अमेरिकामा  रहेका १८  वटा  जातीय  संस्थाहरुको प्रतिनिधिमुलक महासंघ फिप्नाले आदिवासी जनजातिहरुको हक, हित र अधिकारको  सवालमा  सरोकारवाला बिश्व भरीका सबै जातीय सघ संस्थाहरु सँग सहकार्य, समन्वय र हातेमालोका साथ साथै अमेरिकामा संस्थागत र जातीय समुदायहरको हितमा अमेरिकी सरकारी निकायहरुसँग सहकार्य, समन्वय र यस क्षेत्रमा दखल राख्ने काम गर्दै आएको छ ।

यही प्रयोजनका लागि समुदायका दक्ष शिक्षित युवाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले, मिति २०२२जनवरी ३० तारिख बसेको फिप्ना केन्द्रीय कार्य  समितिको  गणपुरक   उपस्थितिको  बैठकले  सर्वसम्मत रुपमा कार्यकाल  २०२१/२३ लागि अमेरिकी स्थानीय निकाय  सहकार्य तथा समन्वय  फिप्ना बिभागीय समितिमा मनोनित गरिएको बताईएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : १५ बजे