१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

एमसीसी संसदमा टेबल गराउने र पास गर्ने कांग्रेस संसदीइ दलको निर्णय



सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुख अग्नी सापकोटालाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेका छन् ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

त्यसबेला नेकपामा रहेका सांसदहरु अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले एमाले र माओवादी पनि एमसीसीकै पक्षमा उभिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : २६ बजे