१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024

बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा



सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी जनाएको छ ।

“फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : १८ बजे