राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गरेकी हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकिएकव राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट सांसद नभए पनि उनलाई मन्त्री बनाइएको हो । छ महिनामा उनी कि त सांसद बन्नु पर्ने हुन्छ या उनको पद जान्छ ।