काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गर्दै अपील जारी गरेका छन् ।
‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं’ कांग्रेस सभापित शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमोर्चा नेपालकी नेतृ दुर्गा पौडेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ:










