२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

कमल थापाको पार्टीले सूर्य चिन्हमा चुनाव लड्ने



स्थानीय चुनावमा नेकपा(एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच सहकार्य गर्ने सहमति भएको छ ।

दुवै पार्टीका स्थानीय निकाय विभागका प्रमुखहरुले हस्ताक्षर गरेको सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्हमा चुनाव लड्ने छन् भने चुनाव जितेपछि राप्रपा नेपालमै फर्कने छन् ।

वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको कमल थापाले ट्विटमार्फत् जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ५० बजे