अमेरिकाको नर्थक्यारोलिनामा नेपाल चिनाउने कार्यक्रमको रुपमा आगामी अपि्रल १६ तारिख छैटो ‘ नेपाल डे परेड ‘ मनाइने भएको छ । सेन्टर अफ नर्थ क्यारोलिना ( एनसिएनसि) ले नेपाली बर्ष २०७९ सालको अवसर पारेर आयोजना गर्न लागेको नेपाल डे कार्यक्रममा नेपाली विविधता झल्किने मौलिक भेषभुषामा बाजागाजा सहित झाकी प्रस्तुति गरिने भएको छ ।
नर्थक्यारोलिनामा नेपाली समुदायले विगत ५ बर्षदेखिन मनाउदै आएको नेपाल डे कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अपि्रल महिनाको तेस्रो शनिबारको दिन नेपाल डे को रुपमा मान्यता दिएको एनसिएनसिका महासचिव डा विकास शाक्यले बताए ।
मोरिस्भिलस्थित चर्चस्ट्रीट पार्कमा हुन लागेको नेपाल डे कार्यक्रममा नेपाली दुताबासका प्रतिनिधि, नर्थ क्यारोलिना राज्य सरकारका प्रतिनिधिहरू, स्थानिय नगरपालिकाका अतिथिहरु , नर्थ क्यारोलाइना र छिमेकका अन्य राज्यबाट नेपाली मूलका विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिको रुपमा उपस्थित हुने भएको छ । कोभिढको कारण दुई वर्षदेखिन हुन नसकेको नेपाल डे यस पटक पनि कोभिढकै कारण छोटो समयको तयारीमा गर्नु परेको महासचिव डा शाक्यले बताए ।
उनका अनुसार दिनको ११ बजे सांस्कृतिक झाकी सहित सुरु हुने कार्यक्रममा नया बर्षको शुभकामना आदानप्रदान र रमाइलो सांस्कृतिक कार्यक्रम सहित नेपाली खाद्य परिकार र नेपाली कला सम्बन्धि स्टलहरू पनि रहने भएको छ ।
‘ स्थानिय सरकारले मान्याता दिएको यो कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जिवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मदत पुग्ने छ ‘ एनसिएनसिका अध्यक्ष आरपी पौडेलले बताए । यस किसिमको कार्यक्रमले विदेशिएको दोस्रो पुस्तालाई नेपालसंग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्धन गर्न पनि थप टेवा पुग्ने अध्यक्ष पौडेलले बताए । अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेकेा राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना,क्यालिफोर्निया लगायतका राज्यहरुमा बर्षनी नेपाल ड्े मनाउदै आइरहेका छन ।