१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा ममता



 

  • शान्तिराज राई

न्युयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरको छैठौ अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको ज्याक्सन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथिमा केन्द्रका अध्यक्ष मुना राई, विशेष अतिथि केन्द्रीय कोषाध्यक्ष नवीनकला राई, अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए ।

अधिवेशनले सर्बसम्मतमा ममता राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चुनिएका पधाधिकारीवाई संस्थाका केन्द्रीय अध्यक्ष केन्द्रीय कोषाध्यक्ष र निवर्तमान अध्यक्ष केशबराम राईले निर्वाचित कार्यसमितीलाई खादा लगाएर बधाई दिएका थिए।

पत्रकार तथा कलाकार शान्तिराज राई र नाछुंग पदम राईको ऊपस्थिति रहेको कार्यक्रममा मुना राई, नविन कला राई र सुखराज राई निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।

संस्थाका हालका महासचिव सुसना राईले संचालन गरेको कार्यक्रममा विभिन्न रुपले दिवंगत हुनुभएका संस्थाका सदस्य तथा अन्य राईहरुप्रति श्रद्धान्जली स्वरुप १ मिनेट मौनधारण गरिएको थियो ।

नवनिर्वाचित कार्यसमिति यसप्रकार छ:
अध्यक्ष- ममता राई
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष – कृष्ण पि. राई
महासचिव- सुसना राई
सचिव- सेलिना राई
कोषाध्यक्ष- तेशु राज राई
सह कोषाध्यक्ष- जानकी राई
कल्चर कोअर्डिनेटर – रोशन राई
वोर्ड सदस्य – बिपन राई
वोर्ड सदस्य- संगम राई
वोर्ड सदस्य- बिबेक राई
वोर्ड सदस्य- बिकाश राई
वोर्ड सदस् य- शौरभ राई
वोर्ड सदस्य – शान्ता राई
वोर्ड सदस्य – मैयादेवी राई
वोर्ड सदस्य – सुदिप राई
वोर्ड सदस्य – इंदिरा राई
वोर्ड सदस्य – युदिर राई
वोर्ड सदस्य – नाराण राई

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : २५ बजे