१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

एनआरएन अमेरिकामा दुईतिर साधारणसभा कता जाने ?


Ang

२७ बैशाख २०७९, मंगलबार  

0
Shares

प्रजातन्त्रीक तवरले नेतृत्व चयन गर्न असफल एनआरएन आइसिसिले केन्द्रमा ४ जना अध्यक्ष छाने लगतै विदेशमा अब एनआरएन प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । हिजो गौरव गर्ने सस्था यतिखेर एनआरएन भनेको वितिकै टाढिन थालेका छन । काठमाडौमा दुई भिन्न समुहमा विभाजित दुबै एनआरएन आइसिसि यतिखेर परराष्ट्रको पत्रको पर्खाइमा छन । यस अवधीमा शेष घले समुहबाट छानिएका विनोद कुवार नेतृत्वले बेग्लै कार्यालय खडा गरिसकेका छन ।

त्यस्तै कुल, बद्री र रविना अध्यक्षले भने पुरानै भवनमा पालैपालो चलाउने सहमतिमा अघि बडेपनि एनसिसिमा बडन थालेको विवादको बारेमा केही चासो दिन सकेको छैन । आइसिसिकै विवादकै कारण एनआरएन अमेरिकामा अर्को लफडाबाजी भइरहेका छन । केन्द्रको निर्वाचनमा दोहोरो चरित्रको कारण विवादित अध्यक्ष बुद्धि सुवेदीको समुहलाई चुनौति दिदै अमेरिका क्षेत्रका लागी छानेका दुई संयोजक मध्ये प्रकाश सापकोटाले कृष्ण लामीछानेको नेतृत्वमा नया कार्यसमिति घोषणा गरि टेक्सासमा साधारण सभाको मिति घोषणा गरिसकेका छन ।

त्यस्तै समुहले नर्थक्यारोलिनामा साधारण सभाको तयारी गरेका छन । अमेरिकामा यतिखेर एनआरएनको यो नौटंकीले सवैलाई खिन्न तुल्याएको छ । जुलाइमा हुन लागेको टेक्सास साधारण सभा र नर्थक्यारोलिना साधारण सभा कुनमा जाने भनेर एनआरएन अमेरिकाका सदस्यहरु अलमलिएका छन ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ५९ बजे