१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

युनाइटेढ किरातको बोष्टन र क्यालिफोनिया च्याप्टरमा नया नेतृत्व चयन


Ang

३१ बैशाख २०७९, शनिबार  

0
Shares

राकेश राई बोस्टन

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर र क्यालिफोर्निया च्याप्टरमा नया नेतृत्व चयन गरेको छ । बोष्टनमा कर्ण बहादुर राईको अध्यक्षतामा उपाध्यक्षहरु शेखर राई उत्तरी क्षेत्र, हरि राई दक्षिण क्षेत्र, महासचिव राकेश राई,कोषाध्याक्ष चन्द्र राई,बोर्ड सदस्यहरु युब राज राई, कमल थुलुङ्ग, तेजेन्द्र खत्री राई,अनिल चोङ्गवाङ्ग,मनिकला राई,युबराज राई केप कोड र केन्द्रीय बोर्ड प्रतिनिधिमा राजन कुथूमी र मुक्ति नारायण राई चयन भएका छन । त्यसैगरि अर्गनाइजेसनको क्यालिफोर्निया च्याप्टरको अधिवेशनले जोरबिर राईको अध्यक्षतामा उपाध्यक्षमा जानुका राई, महासचिव टक्सन राई,सचिव राम कुमार राई,कोषाध्यक्ष नविन राई,सदस्यहरु दियो राम राई,सौजन राई, हिरा राई,लक्ष्मी राई, गायत्री थापा राई,पूर्ण राई र केन्दि्रय बोर्ड प्रतिनिधिमा तेज राई चयन गरिएका छन ।

बोस्टनमा सम्पन्न छैठौ अधिवेसन अर्गनाइजेसनको केन्द्रीय सल्लाहकार सुरेश चामलिंगको प्रमुख आतिथ्यमा भएको थियो । उक्त अवसरमा चामलिंगले संसारमा राईहरुले पाइला टेकेको ठाउमा संगठित भएर आफनो संस्कार र संस्कृतीको विकास गरेको बताएको छ । काठमाडौको बागबजारमा दाउरे बुढा अर्थात बुद्दिकर्ण राईको अँागनदेखी संसारको बिभिन्न कुनामा साकेलाको विस्तार यसको उदाहरण भएको उनले बताए । ‘ अहिलेको यो प्रयास भावी पिढिको लागी हो । हामी राई भन्ने अस्तित्वको चिनारी भावी पुस्तालाई चिनाउनकै लागी हामी परदेशमा यसरी संगठित हुनु परेको छ ‘ उनले बताए ।
अर्गनाइजेसनको न्युइंग्ल्याण्ड सभापती मुक्ति नारायण राईले अर्गनाइजेसनको उद्देश्य हामी राईहरुको भाषा, धर्म र संस्कृतीलाई विदेशमा पनि अनुशरण गरी यसको संवर्धन प्रवर्धन र संरक्षण गर्नु रहेको बताएका छन । उनले नेपालको सन्दर्भमा हाल चर्चामा आएको प्रदेश नं १ को नामांकन किरात प्रदेश राखिनु पर्ने बताएका थिए ।

अधिवेशनमा नेपाली समाजका उपाध्यक्ष लाक्पा शेर्पाले न्यूइंग्ल्याण्डमा राईहरूको संख्या कम भए पनी सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गरि आएको वताएका थिए । त्यस्तै केपकोड नेपाली समाजका अध्यक्ष के बि राईले यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले आफनो भाषा, धर्म र संस्कारको संरक्षणको साथै मुलुक र समाजको लागि अरू धेरै काम गर्न वांकी रहेकोले अब फरक ढंगले अगाडी बढ्नु पर्ने जरूरी भएको बताएका थिए ।
कार्यक्रममा भरखरै जन्मिएका नयां वालवालिकाहरू र नेपालबाट आएका नयां सदस्य तथा अतिथिहरुलाई केक काटेर स्वागत गरिएको थियो ।

तीन वर्ष लगातार हाईस्कूल र कलेज ग्राजुएट गरेका विध्यार्थीहरूलाई विगत वर्षहरू झै यस पटक पनि ट्रफीका साथै खादा ओढाई सम्मान गरिएको थियो । संस्थाका पूर्व केन्दि्रय अध्यक्ष तथा निर्वाचन संयोजक विष्णु कुमार राई र केन्दि्रय सल्लाहकार धौलाविर राईको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३३ बजे