१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्युयोर्कमा नेपाली चिनाउने नेपाल डे परेडको तयारी


Ang

३१ बैशाख २०७९, शनिबार  

0
Shares

अमेरिकाको न्युयोर्कस्थित म्यानहृटन शहरमा नेपाल चिनाउने विशेष कार्यक्रम नेपाल डे परेडको तयारी पुरा भएको आयोजक सस्था एनआरएन न्युयोर्क च्याप्टरले जनाएको छ । ‘ मौलिक नेपाली सस्कृति झल्कने झाकीहरुको साथ हुन लागेको नेपाल डे परेडको अन्तिम तयारी पुरा भएको छ ‘ एनआरएन न्युर्योक च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । उनका अनुसार परेडको लागी गठित मुल आयोजक समिति र विभिन्न उपसमितिहरुको सहयोगमा आर्थिक संकलनसंगै परेड व्यवस्थापनको तयारी पुरा भएको छ ।

विगत झै यस पटक पनि म्यानहृटनको थर्टिएट स्ट्रीटको म्याडिसन एभिन्युबाट परेड शुरु हुने भएको छ । कोभिडपछि हुन लागेको यस पटकको परेडमा अमेरिकामा लागी नेपाली राजदुत, न्युयोर्क सिटिको मेयरको साथमा मार्सलमा महानायक राजेश हमाल आउने संम्भवना भएको अध्यक्ष शेर्पाले बताए । नेपाल र नेपालीको गौरव र पहिचानको कार्यक्रम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवस, बुुद्ध जयन्ती र माउन्ट एभरेष्ट डे को अवसर पारेर न्युयोर्कमा सन २०१६ देखि नेपाल डे परेड हुदै आएको छ ।

परेडमा विभिन्न नेपाली समुदायको मौलिक पहिचान झल्कने झाकीहरुको साथमा नेपाली लोक गीत गन्काउदै नेपालको चिनारी दिने भएको छ । विदेशमा नेपाल चिनाउने यो कार्यक्रमको लागी विभिन्न संघसस्थाहरुको साथै व्यवसाय गदै आइरहेका नेपालीहरुले आर्थिक सहयोग गदै आएको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ०४ बजे