१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

सोलुखुम्बुमा कांग्रेसले जित्यो तीन पालिका, दुईमा आग्रता



बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सोलुखुम्बु जिल्लामा अधिकांश पालिका कांग्रेसले जितेको छ । मंगलबार बिहानसम्ममा जिल्लाको ८ मध्ये ६ तहको परिणाम आएको छ । जस अनुसार तीन पालिका कांग्रेसले जितेको छ भने दुई पालिका एमाले र एक पालिका माओबादीले जितेको छ । मतगणना भई रहेको दुई पालिकामा पनि कांग्रेसको उम्मेदवार अगाडी छ ।

निर्वाचन आयोगका अनुसार माहाकुलुङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार सूर्यबहादुर राई २,१०० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार सागर किराँतीलाई ४७४ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर किराँतीले १,६२६ मत ल्याएका छन् ।

लिखु पिके गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार मिनादेवी कार्की १,२६० मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गरेकी हुन् । पराजित डम्बरबहादुर बस्नेतले १,११३ मत ल्याएका छन् ।

सोताङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार खिलराज बस्‍नेत १,६४८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार प्रकाश कार्कीलाई १२८ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रकाश कार्कीले १,५२० मत ल्याएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मिङमा छिरी शेर्पा २,०२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चुङब सेर्पालाई ४१९ मतान्तरले पराजित गरेका हुन् । पराजित चुङब सेर्पाले १,६०९ मत ल्याएका छन् ।

माप्य दूधकोशी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार बुद्धिकिरण राई ३,३४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चन्‍द्रबहादुर राईलाई ३५६ मतान्तरले पराजित गरेका हुन् । पराजित चन्‍द्रबहादुर राईले २,९८७ मत ल्याएका छन् ।

थुलुङ दूधकोशी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार अशिम राई ४,०४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार वीरबहादुर गुरुङलाई ५३८ मतान्तरले पराजित गरेका हुन् । पराजित वीरबहादुर गुरुङले ३,५११ मत ल्याएका छन् ।

सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा २,३११ मतका साथ अग्रस्थानमा छन् । शेर्पालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का आङ काजी शेर्पाले १,६९१ मत ल्याएका छन् ।

नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार धन जन राई १,८७२ मतका साथ अग्रस्थानमा छन् । राईलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डुफकुमार बास्तोलाले १,४९२ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : १० बजे