६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

लामो समय अमेरिका बसे फर्केका गायक शेर्पा पालिका अध्यक्षमा विजयी



झण्डै १७ वर्ष अमेरिका बसेर फर्केका गायक गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । अमेरिकाबाट फर्केर विगत दुई वर्षदेखि जनता समाजवादी पार्टीको राजनीतिमा सक्रिय शेर्पाले २ हजार ८ सय ८२ मत प्राप्त गरेर जितेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाएका छन् ।

विगत २५ बर्षदेखि गायन पेशालाइ अँगाल्दै आएका शेर्पा एक मनकारी समाजसेवीका रुपमा चिनिन्छन् । हालसम्म शेर्पाले १३ वटा एल्बम बजारमा ल्याइसकेका छन् भने २ सयभन्दा बढी गीतमा स्वर दिइसकेको बताइन्छ ।

उनी फुड क्लोथ एजुकेशन डट ओआरजी, थ्री जी साउण्ड इन्कको प्रेसिडेन्टका साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट समेत हुन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : २९ बजे