शेर्पा किदुग न्युयोर्कले खरिद गरेको जग्गामा पहिलो पटक विशेष कार्यक्रमको साथ बार्षिक ल्हाप्सो कार्यक्रमको आयोजना गरियो । न्युयोर्कस्थित शेर्पा समुदायको विभिन्न १८ छोक्पाले आयोजना गरिएको कार्यक्रममा करिब १२ सय बढिको उपस्थित थिए । न्युयोर्कमा कोभिढपछिको यो सबैभन्द ठुलो कार्यक्रम हो । यस अघि ल्होसारको अवसरमा आयोजना हुने ल्हाप्सोमा भेला हुनेहरु आपसमा ह्प्पी ल्होसारको शुभकामना आदनप्रदान गदै रमाउने गथ्र्यो भने यस्तो बेला गरेको ल्हाप्सो मनमनमा ह्प्पी ल्हाप्सोमै सिमित थियो ।
‘शेर्पा किदुगले न्युयोर्कमा खरिद गरेको आफनै जग्गामा हामीले पहिलो पटक भव्य र सभ्य ढंगबाट सबै छोग्पाहरुको सक्रियतामा बार्षिक ल्हाप्सो कार्यक्रम गर्न पाउदा रमाइलो महसुस भयो’ ल्हाप्सो आयोजक समितिको संयोजक छोङबा लामा शेर्पाले भने – ‘ ल्होसार आगमानसंगै गदै आएको ल्हाप्सो न्युयोर्कमा हिउदको बेला असजिलो हुने भएकोले पछाडी गदै आएको हो’ उनले बताए । उनका अनुसार आगामी दिनमा ल्होसार ल्हाप्सोनै गर्ने भएपनि कतिखेर गर्ने र बार्षिक ल्हाप्सो भनेर मात्र गर्ने भएपनि कहिले गर्ने भनेर सवै छोक्पाहरु र किदुगको वीच सामुहिक छलफल गरेर निर्णय गर्ने भएको छ । यस पटकको कार्यक्रममा १९ जना धर्मगुरुहरुबाट विहानीपख साङ सेरकिम धार्मिक पुजापछि रिगसुङ लोप्टको विद्यार्थीहरुबाट दुबै देशको राष्ट्रिय गाना, धार्मिक नृत्य र शेर्पा लोक नृत्यसंगै डिजेको गीत संगीतमा नाचगान गरि मनोरञ्जन लिएका थिए ।
‘कोभिढ महामारिपछि आफनै समुदायले किनेको फराकिलो जग्गामा लुङदा टागेर पुजापाठसंर्गै सवै भेला भएर रमाइलो गर्न पाउदा निकै खुसी लाग्यो’ ल्हाप्सो आयोजक समितिका सदस्य आङ ग्याल्जेन शेर्पाले भने– ‘यो जग्गामा भविष्यमा बौद्ध चैत्यसंगै कम्युनिटि हल र पार्किङको सुविधा भएमा ल्होसारको बेलामा पनि ल्हाप्सो गर्न सकिने अनुभव भयो ’ उनले बताए । यस पटकको ल्हाप्सो कार्यक्रम जिटिकेटि शेर्पा समाज, गार्मा शेर्वी छोक्पा, अपस्टेट शेर्पा कम्युनिटि, रामेछाप शेर्पा समाज, लिखुपिके शेर्पा सोसाइटी, खुम्बु पासाग ल्हामु शेर्पा समाज, विगु शेर्पा समाज, सलांगकाटी शेर्पा समाज, ओखलडुङग शेर्पा सोसाइटी, दोलखा स्यामा शेर्पा एसोसियसन, टाक्सिन्दु शेर्वी छोक्पा, कुरिमा कोशी पारी शेर्पा सोसाइटी, कनेटिकेट शेर्पा सोसाइटी, च्यागमितेग सोसियल वेलफेयर गु्रप, बाराविसे मनुपलिसि कम्युनिटि सिन्धुपाल्चोक, युएस नेपाल क्लाइबर्स एसोसियसन, संखुवासभा शेर्पा सोसाइटी, शेर्पा संघ अमेरिकाले आयोजना गरेका थिए ।