सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा फेरी नाम्गेल जाङबु विजयी

२०७९ जेष्ठ ४, बुधबार १६:१६

सोलुखुम्बु दुधकुण्ड नगरपालिको मेयर पदमा पुन दोश्रो कार्यकालको लागी नाम्गेल जाङबु शेर्पा विजयी भएका छन । उनले एमाले मेयरको उम्मेद्वार आङकाजी शेर्पालाई पराजित गरेका हुन । दोश्रो कार्यकालको लागी पुन निर्वाचित नाम्गेल जाङबु नेपाली कांग्रेस सोलुखुम्बुका सभापति हुन ।

उनी ४ हजार ९ सय ६८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का आङ काजी शेर्पालाई ५७८ मतान्तरले पराजित गरेका हुन् । पराजित आङ काजी शेर्पाले ४ हजार ३ सय ९० मत ल्याएका छन् ।

उनले जिल्लाको विकास निर्माणमा गरेको उत्कृष्ठ कार्यहरुको मुल्याङकनको आधारमा सोलुबासीले पुन मेयर पदमा निर्वाचन गराएका हुन । उनको निकटम प्रतिद्धन्धी आङ काजी स्थानीय निर्वाचनको बेला नेपाली कांग्रेस पाटी परित्याग गरि नेकपा एमाले प्रवेश गरि मेयर पदको उम्मेद्धवर बनेका हुन । उनीहरुसंगै नेकपा माओवादी केन्द्रबाट निमा तेन्डुप शेर्पा पनि मेयर पदको उम्मेद्धवर बनेका हुन । उनीहरुले प्राप्त गरेको मतको विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । त्यस्तै उममेयर पदमा गान्धीमाया तामाङ निर्वाचित भएकी छन ।

सम्बन्धित समाचार