२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

स्थानीय तह निर्वाचन: एमाले र माओवादी जोड्दा बल्लमा कांग्रेसको हाराहारी



स्थानीय तहको चुनावमा सत्तारुढ दल कांग्रेसले भारी अन्तरमा एमालेलगायतका दलहरुलाई पछाडी पारेको छ । यसअघि २०७४ सालको स्थानीय तहको चुनावमा दोस्रो स्थानमा रहेको कांग्रेसले यसपटक एमालेलाई भारी संख्याको अन्तरमा पछाडी पारेको छ ।

बिहीबार दिउँसोसम्मको मत परिणाम अनुसार कांग्रेले कांग्रेसले २ सय ६५ स्थानको मेयर तथा अध्यक्ष जित्दा एमालेले जम्मा १ सय ६५ स्थान हात पारेको छ । त्यसैगरी माओवादी केन्द्रले १ सय ६ स्थान जितेर तेस्रो स्थान सुरक्षित गरेको छ । यसअघिको तुलनामा माओवादीले पनि सुधार गरेको हो ।

त्यसैगरी कांग्रेसले ६६, एमालेले ३३ रमाओवादी केन्द्र १३ स्थानमा अगाडी छ ।

एमालेबाट फुटेर माधव नेपालले गठन गरेको एकीकृत समाजवादीले खासै प्रभाव जमाउन सकेको छैन । एकीकृत समाजवादीले हालसम्म १३ स्थानमा जितेको छ भने ६ स्थानमा अग्रता लिएको छ । बरु जनता समाजवादी पार्टीले सुधार गरेको छ । उसले १६ स्थानमा जित हासिल गरिसकेको छ भने १९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी २० स्थानमा स्वतन्त्र तथा अन्य दलहरुले जितेका छन् ।

त्यसैगरी उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेस नै पहिलो भएको छ । हालसम्म उसले २ सय ५९, एमालेले १७८ र माओवादीले १११ स्थान जितेको छ भनेकांग्रेसले ५९, एमालेले ५७ र माओवादी केन्द्रले १४ स्थानमा अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीले १८ उपप्रमुख/उपाध्यक्षमा जित हात पारेको छ भने ५ उम्मेदवारले अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीका १५, लोकतान्त्रिक समाजवादीले ४ र स्वतन्त्र तथा साना दलका १३ उपप्रमुखमा जित निकालेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ५९ बजे