टेक्सासमा बन्दुकधारीले गोलि चलाउदा १४ जना विद्यार्थी र १ शिक्षकका मृत्यु

२०७९ जेष्ठ ११, बुधबार ०८:२५

टेक्सासको युभलडीमा रहेको रब इलेमेन्ट्री स्कुलमा एक बन्दुकधारीले चलाएको बन्दुकले १५ जनाको मृत्यु भएको जनाएको छ । गर्भनर ग्रेग अब्बोटका अनुसार मृत्यु हुनेमा एक शिक्षक र १४ जना बालबालिका रहेको छ । १८ बर्षे बन्दुकधारीले हाते बन्दुक र राइफल लिएर स्कुलभित्रमा प्रवेश गरेर मंगलवार विहान करिव साढे ११ बजेतिर उक्त घटना भएको थियो । युभलडी काउन्टी पश्चिम सनएन्टानिओबाट ८५ माइल टाढा रहेका छन ।

टेक्सासमा भएको दुखद घटनाले सवैलाई स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली । अमेरिका सन २०१८ मा फलोरिडाको डगलस हाइस्कुलमा यस्ता बन्दुकधारीले चलाएको बन्दुकले १७ जनाको मृत्यु भएको थियो । सन २०१२ मा कनेटिकेटमा बन्दुकधारिले चलाएको बन्दुकले २६ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार