१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

”ड्रिंक एण्ड ड्राइभ”मा अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ



अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ । नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार पललाई शनिबार मध्यराततिर दुई वटा अभियोगमा पक्राउ गरिएको थियो ।

उनको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप लगाइएको छ । रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमाआइतबार बिहानै रिहा गरिएको अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ ।

‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताएका छन्’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले भने । सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसीले सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका थिए । उनीहरूको पाँच सन्तान छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : २५ बजे