१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनए अमेरिकाद्वारा आयोजित ‘सेकेण्ड ड्रिम विग च्यालेन्ज २०२२ प्रतियोगिता’ मा चन्दा, अभिषेक र निर्देशको समुह प्रथम



 

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटिले अमेरिकाद्वारा आयोजित नेपाल र अमेरिकामा स्नातक गरिरहेका विद्यार्थीबीच गराएको ‘सेकेण्ड ड्रिम विग च्यालेन्ज २०२२ प्रतियोगिता’मा चन्दा श्रेष्ठ, अभिषेक शर्मा र निर्देश सिम्खडाको समूह प्रथम भएको छ । श्रेष्ठ अमेरिकामा तथा शर्मा र सिम्खडा नेपालमा पढ्दै छन् ।

यही २८ र २९ मेमा जुम वेभिनारमार्फत् आयोजित कार्यक्रममा विजेताहरुको घोषणा गरिएको गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका प्रवक्ता तोय दाहालद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।

प्रथम हुन सफल समूहमार्फत् तीनैजना विद्यार्थीले ‘यू विस, वी डेलिभर एन इ–कमर्श प्लेटफर्म’ शीर्षकमा विजनेस आइडिया र योजना प्रस्तुत गर्नुभएको थियो । यसैगरी, द्वितीय स्थान प्राप्त गर्ने समूहमा रोशन ओझा र प्रविन न्यौपाने रहेका छन् । दुबैजना नेपालमा अध्ययनरत हुनुहन्छ । उहाँहरुले ‘वर्क हब प्रोभाइडिङ टेक्निकल स्किल्स एण्ड जब अपच्र्युनिटिज’ शीर्षकमा आफ्ना अवधारणा र योजना प्रस्तुत गर्नुभएको थियो ।

प्रेस विज्ञप्तिको पूर्ण बिबरण

सेकेण्ड ड्रिम विग च्यालेन्ज २०२२ को नतिजा सार्वजनिक 
अमेरिका र नेपाल दुबै देशका विद्यार्थी पुरस्कृत।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटिले अमेरिकाद्वारा आयोजित नेपाल र अमेरिकामा स्नातक गरिरहेका विद्यार्थीबीच गराएको ‘सेकेण्ड ड्रिम विग च्यालेन्ज २०२२ प्रतियोगिता’मा चन्दा श्रेष्ठ, अभिषेक शर्मा र निर्देश सिम्खडाको समूह प्रथम भएको छ । श्रेष्ठ अमेरिकामा तथा शर्मा र सिम्खडा नेपालमा पढ्दै हुनुहुन्छ ।
यही २८ र २९ मेमा जुम वेभिनारमार्फत् आयोजित कार्यक्रममा विजेताहरुको घोषणा गरिएको हो ।प्रथम हुन सफल समूहमार्फत् तीनैजना विद्यार्थीले ‘यू विस, वी डेलिभर एन इ–कमर्श प्लेटफर्म’ शीर्षकमा विजनेस आइडिया र योजना प्रस्तुत गर्नुभएको थियो ।यसैगरी, द्वितीय स्थान प्राप्त गर्ने समूहमा रोशन ओझा र प्रविन न्यौपाने रहेका छन् । दुबैजना नेपालमा अध्ययनरत हुनुहन्छ । उहाँहरुले ‘वर्क हब प्रोभाइडिङ टेक्निकल स्किल्स एण्ड जब अपच्र्युनिटिज’ शीर्षकमा आफ्ना अवधारणा र योजना प्रस्तुत गर्नुभएको थियो ।
तृतीय स्थान प्राप्त गर्ने समूहमा आशिष पाण्डे, विनिशा बञ्जारा र विकल्प ढुङ्गाना रहनुभएको छ । उहाँहरुले ‘सोलार पावर्ड भेइकल’बारे योजना प्रस्तुत गर्नुभयो । पाण्डे अमेरिकामा, बञ्जारा र ढुङ्गाना नेपालमा अध्ययन गरिरहेका विद्यार्थी हुनुहुन्छ ।
प्रथम, द्वितीय र तृतीय हुने समूहका विद्यार्थीहरुले क्रमशः तीन हजार, दुई हजार र एक हजार अमेरिकी डलर प्राप्त गरेका छन् । यो प्रतियोगिताको नेपाल र अमेरिकाका गरेर ५ जना विज्ञहरु निर्णायक हुनुहुन्थ्यो । अमेरिकाबाट डा. मदन उप्रेती डा. निर्मला अधिकारी र सुजन श्रेष्ठ, नेपालबाट दिपमाला श्रेष्ठ र बासु त्रीपाठी रहनु भएको थियो ।
प्रतियोगिताका लागि ६३ जना स्नातक विद्यार्थीले सहभागिताका निम्ति आवेदन दिएका थिए । तर, २६ जनाले मात्र योजना प्रस्तुत गरेका थिए । २६ जना विद्यार्थीलाई व्यक्तिगत रुपमा नभई नौ समूहमा विभाजन गरी योजना प्रस्तुत गर्न लगाइएको थियो । हरेक समूहलाई सहयोग गर्न प्रशिक्षकका रुपमा एकजना ‘मेन्टर’ खटिएका थिए । यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई मात्रै सहभागी गराइएको थियो । यसपटक भने स्नातक तहका नेपालका विद्यार्थीलाई पनि सहभागी गराइएको हो ।
प्रतिस्पर्धामा ‘एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ ?’ भनेर विद्यार्थीसित आइडिया मागिएको थियो । नेपाल र अमेरिकामा एउटै तहमा अध्ययनरत विद्यार्थीहरूले आपसमा अनुभव आदानप्रदान गर्ने, सिक्ने, कार्ययोजना बनाउने, परियोजनाका लागि लिइएको ऋण सही ढङ्गले प्रयोग गर्ने विषयमा विचार मन्थन भएको थियो । त्यसमा भएको लगानी, समय र मेहनतको प्रतिफल कसरी लिन सकिन्छ भनी दीगो योजना बनाउँदा विद्यार्थीहरूमा सोच्ने, बुझ्ने तथा योजना बनाउने विषयमा क्षमता विकास भएको देखिन्छ । दुबै देशका विद्यार्थीहरुमा ‘क्रिटिकल थिङ्किङ’ विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत नेपाल र अमेरिकाका विद्यार्थीले गत मार्च २० भित्र आवेदन दिएका थिए ।योजना प्रस्तुत गर्नुअघि सहभागीहरुलाई हौसलायुक्त र प्रेरणामूलक प्रवचन दिन विभिन्न व्यावसायमा सफल व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । उहाँहरूले सफलताका सूत्रहरू विद्यार्थीहरूलाई बताउनुभएको थियो ।कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि बन्नुभएका नेपालका सफल व्यवसायी विनोदकुमार चौधरीले विभिन्न अवसर र चुनौतीका विषयमा प्रकाश पार्नुभयो । उहाँले विश्वमा प्रविधिको माध्यमबाट कसरी उबर, अमेजनहरुले सफलता हासिल गरेका छन् भन्नेबारे दृष्टान्त दिनुभयो ।
कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथि बन्नुभएका गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष तथा सफल व्यवसायी डा. उपेन्द्र महतोले विद्यार्थीबीच नेपालप्रतिको माया जगाउन, अवसर र नवीन योजना ल्याउन सघाउने ड्रिम विग च्यालेन्ज कार्यक्रम अब ‘च्यालेन्ज’ मात्र नभएर ‘ड्रिम विग अपच्र्युनिटि’ भएको बताउनुभयो । योजना बनाउँदा विद्यार्थीलाई उहाँको सुझाब थियो, ‘सपना आँखा चिम्लेर होइन, खोलेर देख्नु पर्छ । पोखरीको साटो समुन्द्रमै माछा मार्ने योजना किन नबनाउने ?’गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका महासचिव डा. केशव पौडेलले यस किसिमको कार्यक्रमले नेपाल र विश्वको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि जोड्न सक्ने बताउनुभयो ।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले यस प्रकारको कार्यक्रमले नेपाल र अमेरिकाका विद्यार्थीलाई योजना बनाउनका निम्ति जोड्न सकेको छ भन्नुभयो । 
विद्यार्थीहरूलाई एक मिलियन डलरको ठूुलो सपना देख्ने मात्र नभई त्यसलाई कसरी व्यवहारिक ढङ्गले लागू गर्ने र सफल हुने योजना बनाउनु पर्छ भन्ने ज्ञान कार्यक्रमले दिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सन् २०१७ मा नलेज कन्भेन्सन आयोजना गरेको थियो ।त्यसलाई आईसीसीले अनुकरण गरेको छ । 
कार्यक्रमको सञ्चालन गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटि अमेरिकाका संयोजक डा. माधव पाण्डेले गर्नुभएको थियो ।

तोया दाहाल 
प्रवक्ता, गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका 
मिति: ३० मे २०२२

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : ३६ बजे