२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अमेरिकाका शिक्षिका निमाडोमा पुगिन सगमारमाथा शिखरमा


Ang

२२ जेष्ठ २०७९, आइतबार  

4
Shares

अमेरिकामा अध्ययन गदै शिक्षिकाको रुपमा कार्यरत निमाडोमा शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन ।  अमेरिकामा पढेकी निमाडोमाले हल्लाखल्ला नगरिकना सगरमाथा आरोहण गरि फर्केपछि उनकी सहकर्मिहरु र अभिभावकहरु चकित बनेका छन । शिखर चुमेर फर्केपछि उनीलाइ न्युयोर्कमा विशेष सम्मान गरिएको थियो । १४ बर्षको उमेरमा अमेरिका  आएकी निमडोमाले बर्मन राज्यको बर्लिटन स्थित राइस मेमोरियल स्कुलमा कक्षा ९ बाट अध्ययन गरि त्यहीबाट ग्राज्युयट गरेकी थिइन । त्यसपछि लगोडिया कम्युनिटि कलेज हुदै हन्टर कलेजबाट इतिहास विषयमा स्नातक गरि अर्लिच्याल्डहुड मन्टेसरि शिक्षकको सर्टीफिकेट लिएर एष्टोरियाको लेसइन्फेन्स मन्टेस्वरि स्कुलमा ३ बर्षदेखि ६ बर्षसम्मको बालबालिकाहरुलाई ५ बर्ष पढाएकी थिइन ।

‘ मैले कहिल्यै सोचेको थिइन अमेरिकामा पढेर पनि छोरिले यस्तो शाहसीक कार्य गर्ला भनेर ‘ निमाडोमाका बुबा ङवाङ गर्जा शेर्पाले भने-‘ कुनै समय छोरिले सगरमाथा आरोहणको जिज्ञासा राख्दा मैले ख्यालठट्टा गरेर तिमी सगरमाथा चढन जाने भए तिम्रो काका दोर्जीले रुकस्याकमा बोकेर लैजान्छ भनेको थिए । तर आज छोरि आफनै खर्चमा शिखर पुगेर फर्किएको देख्दा निकै अचम्म र खुसी दुबै लागीरहेको छ ‘ । उनले बताए । काठमाडौमा जन्मेकी निमाडोमा खुम्बु पासाङल्हामु गाउपालिका ठामो हाल न्युयोर्कबासी ङवाङ शेर्पा गर्जा र छिन्डी शेर्पाकी छोरी हुन । उनको बुबाको गाउबाट आफनै काका दोर्जि शेर्पा लम्बुले १६ पटक कामी रिता शेर्पाले २६ पटक, ङमिा नुरु शेर्पाले २४ पटक, ल्हाक्पा रिता शेर्पाले १७ पटक सगरमाथा आरोहणको विश्व कीर्तिमान कायम गरिसकेका छन भने महिलाहरुमा सर्वोच्च शिखरमा पुग्ने निमा डोमा शेर्पा पहिलो भएकी छन । उनले यस पटक शिखर पुगेर नेपालको झण्डा, शेर्पा किदुग अमेरिकाको झण्डा र खुम्बु पासाङल्हमु गाउ समाजको व्यानर समेत राखेकी थिए ।

‘ सानैदेखिन सर्बोच्च शिखर सगरमाथामा पुग्ने मेरो इच्छा र चाहाना यो बर्ष पुरा भयो’ निमाडोमाले भनिन-‘ निकै संघर्षको वीच यो अभियान पुरा भयो’ । उनले भनिन-‘नेपालमा पढदै गर्दा सगरमाथा चढने रहर मनमा पलाएपनि त्यतिखेर म जस्ताले के हिमाल चढछ भनेर कसैले पनि पत्याएका थिएनन । जहा इच्छा त्यहा उपाय भने जस्तै मनभित्रको सगरमाथा आरोहण गर्ने इच्छा अमेरिकामा आएर पढदै काम गर्न थालेपछि थप उपायहरु जुटदै जाने क्रममा यो अभियान पुरा भएको हो ‘ निमाडोमाले भनिन । उनले सगरमाथा आरोहणकै गर्नकै लागी पहिलो पटक सन २०१९ सेप्टेम्बरमा वासिङटन राज्यस्थित माउन्ट भेकर आरोहण गरेका थिए । त्यतिखेर रातको १२ बजे उठेर शिखर आरोहण गर्नु पर्दाको कठिन क्षण उनको जीवनको अविष्मरणीय थियो । त्यसपछि सन २०२० मा अर्जिन्टीनाको अकाङगुवा ३ हप्ताभित्रमा आरोहण गरेकी थिइन ।

गत वर्ष लोबुचे हिमालको सफल आरोहण गरेवितिकै सगरमाथा आरोहण तयारी गरेकी थिइन । त्यतिखेर साउथकोलमा चर्को हावाहुरिको कारण सगरमाथा आरोहण परित्याग गर्नु परेका थिए । अहिलेसम्मको सवै हिमाल आरोहणमा लाग्ने खर्च निमाडोमा आफैले कमाएको पैसाले गरेकी बताएकी छन । ‘ आफनो बाल्यकालको सपना पुरा गर्नका लागी आफैले कमाएको पैसा यो अभियानमा खर्च गर्नु पाउदा निकै खुसी छु ,यदि यो खर्च बचाएको भए सायद कतै एउटा घर किन्थे होला ‘ उनले भनिन-‘ ठामो गाउको महिलाको प्रतिनिधित्व गरेर शिखर पुग्न पाएकोमा थप खुसी लागेको छु । अब केही समय आराम गर्छु भविष्यमा पनि शिक्षिका पेशा आगाल्दै अवसर मिलेमा हिमालमा पनि जाने सोच बनाएको छु’ । निमडोमाले बताइन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ११ : ३४ बजे