१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

अमेरिकी सेनाका जनरल फ्लीन नेपालमा



अमेरिकी सेना प्यासिफिकका कमान्डिङ जनरल चार्ल्स ए. फ्लीन नेपाल भ्रमणका लागि आइपुगेका छन् ।

नेपाल र अमेरिकाबीच कायम रहेको दशकौं लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा जनरल फ्लीनले नेपाल भ्रमण हुन लागेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले सरकारका उच्च नेतृत्वसँग शिष्टाचार भेटघाट गर्नुका साथै नेपाली सेनाका प्रधान सेनापतिसँग पनि भेटवार्ता गर्ने छन् । नेपाल भ्रमणका क्रममा उनले नेपालले राष्ट्रसंघीय शान्ति सेनामा पुर्याइरहेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्ने छन् भने विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने पनि बताइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ४ : ४६ बजे