नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचनको लागि आरोही माया शेर्पाको नेतृत्वमा उम्मेदवारी दिएको स्वतन्त्र समुहले पर्वतारोहणको क्षेत्रमा देखा परेका समस्याहरुको अध्ययन, अनुसन्धान र छलफल गरि समधान निकाल्न बिशेष पहल गर्ने जनाएको छ ।
अध्यक्षमा उम्मेदवारी नदिएको यो समुहले वरिष्ठ उपाध्यक्षमा माया शेर्पा, प्रथम उपाध्यक्ष नुरु जाङ्बु शेर्पा, द्धितिय उपाध्यक्ष सार्की तामाङ, महासचिब,आङ पेम्बा शेर्पा, सचिव शिवबहादुर सापकोटा, कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पाले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा कान्छा नुर्बु शेर्पा, लाक्पा डेण्डी शेर्पा, दावाटासी शेर्पा, आङदावा शेर्पा, फुरदिकी शेर्पा, दाबुटी शेर्पा, लक्मी तामाङ, पेम्बा शेर्पा, चेङा छिरिङ् शेर्पा, पासाङ शेर्पा र किसान गुरुङलाई उम्मेदवार बनाएको छ ।
बिहीबार एक कार्यक्रम गरी जारी गरेको अपीलमा नेपालको पर्वतीय पर्यटनको बिकास, हिमालहरुको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, व्यवसायीहरुको समस्याहरु, आरोही र मजदुरहरुको समस्याहरुलाई बिशेष प्राथमिकतासाथ सरकारसँग समन्वय गरी तत्काल समधान गरिनेछ उल्लेख छ । निर्वाचन शुक्रकार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ ।
एनएमए निर्वाचनमा स्वतन्त्र समुहको प्रतिवद्धता
१. मञ्चमा असिन हुनु भएका बिशिष्ठ व्यक्तित्व ज्युहरु,अग्रज पर्यटन व्यवसायीहरु,ख्याती प्राप्त आरोहीहरु,अन्य आरोहीहरु,पर्यटन व्यवसायी साथीहरु,पत्रकार मित्रहरु लागयत कार्यक्रमा उपस्थित सम्पुर्ण महानुभावहरुमा टासीदेलेक, नमस्कार ।
२. सर्वप्रथम आजको कार्यक्रममा उपस्थित सम्पुर्णमा हार्दिक स्वागत तथा अभिवादन टक्राउन चहान्छु । अहिले हामी नेपाल पर्वतारोहण संघको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनको संघारमा छौ । यस निर्वाचनमा हामीले बरिष्ठ उपाध्यक्ष माया शेर्पा नेतृत्वमा स्वतन्त्र समुह खडा गरेका छौँ ।
जस अनुसार प्रथम उपाध्यक्ष नुरु जाङ्बु शेर्पा, द्धितिय उपाध्यक्ष सार्की तामाङ, महासचिब,आङ पेम्बा शेर्पा, सचिब शिवबहादुर सापकोटा, कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पा रहनु भएको छ भने सदस्यहरुमा कान्छा नुर्बु शेर्पा, लाक्पा डेण्डी शेर्पा, दावाटासी शेर्पा, आङदावा शेर्पा, फुरदिकी शेर्पा, दाबुटी शेर्पा, लक्मी तामाङ, पेम्बा शेर्पा, चेङा छिरिङ् शेर्पा, पासाङ शेर्पा र किसान गुरुङ हुनुहुन्छ ।
३. नेपाल पर्वतारोहण संघ धेरै सदस्यहरु आवद्ध भएको विश्वकै एकमात्र ठुलो अल्पाइन क्लव हो । त्यसैले नेपालकै एकमात्र पर्यटन क्षेत्रको खम्बा संस्थाको रुपमा मानिन्छ । संस्थामा नितान्त आरोही, गाइड, पर्यटन व्यवसायी र मजदुरको प्रतिनिधित्व हुनु जरुरी छ ।
देसको बिकासमा टेवा पुर्याउन, पर्वतारोहण प्रवर्द्धन गर्न, दक्षजनशक्ति निर्माणका लागि तालिम, सीप र दक्षताको बिकास गर्नु मुख्य उदेश्य रहन्छ । पर्वतारोही मात्र नभएर व्यवसायीहरुको पेशागत क्षमता हकहित र अधिकारको संरक्षण गर्दै पर्वतीय सौन्दर्य र वातावरणको संरक्षण गर्ने कार्यमा अग्रसर रहदै संसारभरका पर्वतारोही तथा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देस्यले यो संस्थाको स्थापन भएको हो । नेपालको पर्वतीय पर्यटन बिकासमा नेपाल पर्वतारोहण संघको भुमिका नै मुख्य हुन आउछ ।
४. तपाईको अमुल्य मतले हाम्रो टिम निर्वाचित भएपछि नेपालको पर्वतीय पर्यटनमा देखिएका भएका देखिएका समस्याहरु पहिचान गरि समधानका उपयाहरु अध्ययन, अनुसन्धान र छलफल गरि त्यसको समधानको लागि बिशेष पहल गरिनेछ । संस्थामा हाल देखिदै आएको समस्यालाई निरुपण गरी सबैको साझा संस्था बनाउने सक्षम टिम हामी हुनसक्छै भन्ने यहाँहरुलाई विश्वास दिलाउन चाहान्छौ । किनकी हामी पेशामा आवद्ध आरोही र व्यवसायीहरुको समुह हो ।
५.नेपालको पर्यतीय पर्यटनको बिकास, हिमालहरुको अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन, व्यवसायीहरुको समस्याहरु, आरोही र मजदुरहरुको समस्याहरुलाई बिशेष प्राथमिकतासाथ सरकारसँग समन्वय गरी समस्याको तत्काल समधान गरिनेछ । आरोहीहरुको सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धिको लागि संघले प्रदान गर्दै आएको तालिमलाई अझ समयसपेक्ष परिमार्जित गर्दै आरोही र गाइडहरुलाई सक्षम बनाउन थप निरन्तरता दिइनेछ । लैङिगीक र समावेशी हिसावले तालिमको दायारा फराकिलो बनाइने छ । नेपालको पर्वतीय पर्यटनमा आवद्ध आरोही र गाइड, मजदुरहरुकोे बिमालाई व्यवस्थित र सरल गरिने छ ।
नेपालमा भएका करिव ३००० बढी हिमाल र ती मध्ये विश्वकै अग्लो हिमाल सगरमाथा लगायतका ८ वटा ८००० मिटर माथि रहेका छन । ती हिमालहरु मध्ये ४०३ वटा हिमालहरु मात्र शुल्य लाग्ने गरी आरोहण खुल्ला गरेको छ । बाँकी हिमालको पहिचान हुन बाँकी छ भने पहिचान भएका अन्य हिमालको आरोहण खुल्ला हुन सकेको छैन यी हिमालहरुको प्रवर्द्धनमा हाम्रो समुहको भूमिका प्रमुख हुने र संस्थाको भूमिका मुख्य हुनेछ ।
६. हिमाल आरोहणका क्रममा हुने गर्भेज डिपोजिट, रोयल्टी, विमा लगायतलाई व्यवस्थित गर्नै र हिमालको सफाइलाई तिव्रता दिइने छ ।
७. अक्षय कोष स्थापना गरी हिमाल आरोहणको क्रममा ज्यान गुमाएका परिवारलाई राहत प्रदान गर्ने र सन्तानहरुलाई शैक्षिक छात्रवृत्ति, औषधी उपचार गर्ने लगायतका प्रमुख रुपमा कार्यन्वयनमा ल्याईने छ ।
८. कोभिड–१९ पछि नेपालको पर्यटन व्यवसायलाई पुनःरुत्थानको लागि प्रभावकारी पहल र सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरी कार्यक्रमहरु तय गरिने छ ।
९. माउन्टेन गाईड लाईसेन्समा उठेको मुद्दालाई तत्काल समधान गरिने छ ।
१०. संघमा बिगत लामो समयदेखि राजनीतिक दलहरुको हावीलाई निरुत्साहन गर्न आरोही एवं व्यवसायी माया शेर्पाको बरिष्ठ उपाध्यक्ष नेतृत्वमा स्वतन्त्र टिम गठन गरी यहाँहरु समक्ष मत माग्न आएका छौं ।
११. हामी नेपाल पर्वतारोहण संघको विगतलाई समिक्षा गर्ने भन्दा पनि अव संस्थालाई योजनाबद्ध रुपमा पर्वतारोही पर्यटन क्षेत्रको हितमा हुने गरी काम गर्ने प्रतिवद्धता समेत गर्दछौ ।
१२. वित्तिय अनुशासन कायम गराउने, आर्थिक कारोवारलाई पुर्ण रुपमा डिजिटल प्रविधिमा लैजाने, गार्भेज धरौटी वापतको फिर्ता रकम सम्वन्धित कम्पनीहरुलाई अनलाइन बैंकिङबाटै फिर्ता गराइने ।
१३. संस्थामा हुने गरेको फजुल खर्च कटौती गरी दुर्घटनामा परेका आरोही परिवारको सदस्यको लागि शिक्षामा लगानी गर्ने ।
१४. झन्झटबाट मुक्त हुन एनएमएको कालो, निलो, रातो र सदस्य कार्डलाई एकमुष्ट नविकरण गराइने र अनलाइन प्रकृयाबाटै नविकरण गराइने ।
– प्रचारप्रसार समिति