९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

नर्थक्यारोलिनामा बालुवामाथि भलिवल प्रतियोगिता


Ang

६ असार २०७९, सोमबार  

2
Shares

नर्थक्यारोलिना नेपाली एसोसियसन (एनसिएनसि), एनआरएन नर्थक्यारोलिना च्याप्टर र एभरेष्ट भलिबल क्लब नर्थक्यारोलिनाले संयुक्त रुपमा नर्थक्यारोलिनामा बालुवामाथि भलिबल प्रतियोगिताको आयोजना गरियो । विभिन्न १० समुहले भाग लिएका प्रतियोगितामा डेन्जर अहेढ समुह पहिलो र हिमालय समुह दोश्रो भएका थिए । स्थानीय क्यारिमा आयोजित प्रतियोगिता विहानीपख सेमिफाइनल र दिउसो फाइनल भएको थियो ।

 

प्रतियोगितामा प्रथम हुने समुहलाई एनसिसिका अध्यक्ष आरपि पौडेलले नगद ५ सय डलर र ट्रफी वितरण गरेका थिए । त्यस्तै दोश्रो हुने समुहलाइ एनआरएन नर्थक्यारोलिनाका अध्यक्ष बासुुदेव भट्टले ३ सय डलर नगद र ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा पहिलो नगद पुरस्कार एनसिएनसिले र दोश्रो नगद पुरस्कार एनआरएन नर्थक्यारोलिनाले व्यवस्था गरेका थिए । त्यस्तै अन्य आवश्याक सामाग्री एभरेष्ट भलिबल क्लबले सहयोग गरेका थिए ।

समुदायको युवा पुस्तालाई भलिबल खेलमा उत्साहीत गराउनका लागी बालुवामाथि भलिबल प्रतियोगिताको आयोजना गदै आएको एनसिएनसिका अध्यक्ष आरपि पौडेलले एभरेष्टटाइम्सलाइ बताए । उनका अनुसार एनसिएनसिले आगामी शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ  ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ५५ बजे