१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

पत्रकार रवि लामिछानेले दल खोले, भ्रष्टाचारलाई अन्त्य गर्ने संकल्प



चर्चित टिभि प्रस्तोता रवि लामिछानेले राजनीतिक दलको घोषणा गरेका छन् । उनले मंगलबार नै निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएका छन् ।

भ्रष्टाचारको विरोध गर्दै दर्ता गरिएको दलले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री हुनुपर्ने तथा आफ्नो पार्टीले कही कतैबाट चन्दा नलिने घोषणा गरेका छन् ।

रविको पार्टीले प्रस्ताव गरेका सात नीतिहरु:
१. चुनावमा उम्मेदवार हुनका लागि प्राइमेरीमा जित्नु पर्ने
२. युवालाई ५० प्लस एक प्रतिशत (५१) को व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्ता नहुने

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ०१ बजे