१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कार्यालयमै मोसो



नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुन लाग्दा देशभरका सरकारी विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै अखिल क्रान्तिकारीले जनक शिक्षाकाप्रबन्ध निर्देशक अनिल कुमार झालाई मोसो दलेका छन् ।

युक्रेन-रसिया युद्ध र स्थानीय निर्वाचनको मतपत्र छपाइका कारण पुस्तक समयमा दिन नसकेको बताइरहेका बेला जनकशिक्षा सामाग्री केन्द्रका प्रवन्ध निर्देशकमाथि दुर्व्यवहार गरिएको हो ।

पाठ्यपुस्तकको कृत्रिम अभाव गराइ विद्यार्थीको भविष्यमाथि खेलवाड, भ्रष्टचार र कमिसन लेनदेन आरोपमा नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीले जनक शिक्षाकाप्रबन्ध निर्देशक अनिल कुमार झालाई मोसो दलेका हुन्।

अखिल (क्रान्तिकारी) केही नेताहरुसहितको टोलीले झालाई शुक्रबार भक्तपुरस्थित कार्यालयमै पुगेर मोसो दलेर दुर्व्यहार गरेका हुन् ।

झामाथि क्रान्तिकारीले जनक शिक्षा सामाग्रीमा करोडौं रकम भ्रष्टाचार गरेर ससुराली भारतमा अकुत सम्पत्ति थुपारेको आरोप लगाएको छ।

क्रान्तिकारीले उनीमाथि शिक्षा मन्त्री र संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशनलाई समेत बेवास्ता गरेको आरोप लगाएको छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : ५९ बजे