१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

एनआरएनको ११ औ साधारण सभा नर्थ क्यारोलिनामा सम्पन्न


Ang

२४ असार २०७९, शुक्रबार  

0
Shares

एनआरएन अमेरिकाको ११ औ साधारण सभा नर्थ क्यारोलिनामा सम्पन्न भयो । निर्धारित समय भन्द निकै ढिलो शुरु गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु धेरै कुर्न परेकोले रुष्ट बनेका थिए । उक्त सभाको उदघाटन नेपाली कंग्रेसका महामन्त्रि विश्वप्रकाश शर्माले गरेका थिए । जुलाई ४ को दिन अमेरिकाको नर्थक्यारोलिनामा सस्थापन पक्षले र टेक्सासमा पुर्व अध्यक्ष सुनिल शाह समुहले बेग्लै कार्यक्रम गरेका थिए । शाह आइसिसिको ३ जना कोषाध्याक्ष मध्येका एक हुन । एनआरएनएमा पछिल्लो समय आइसिसिमा भएको विवाद र विभाजनको कारण यस पटक दुबै समुहको कार्यक्रममा अत्यन्तै न्युन सहाभागी थिए । आइसिसिमा ४ जना अध्यक्ष बनेको वितिकै यसको असर अमेरिकामा पनि परेको थियो ।

कार्यक्रममा आइसिसिका महासचिव गौरि जोशि, पुर्व अध्यक्ष सुनिल शाहको साथै कार्यसमितिका १० जना सदस्य, १४ च्याप्टरका अध्यक्षहरु साधारण सभामा उपस्थित थिएन । उदघाटन कार्यक्रममा दर्शक दिर्घामा सुन्नेहरुको संख्या भन्द मन्तव्य दिनेहरुको संख्या बढि थियो । यस अघि निकै भिडभाड देखिने एनआरएनएका साधारण सभामा यस पटक नेपाली कंगे्रसका केही नेता र कार्यकर्ताहरुको बढि बाहुल्यता थियो । उदघाटन कार्यक्रमपछि सस्थाले खेपिरहेको विभिन्न एजेण्डाहरुलाई विधान सभा मार्फत पास गरेका थिए । बन्द सत्रमा अत्यन्त कम सदस्यहरुको उपस्थितिमा किन विधान पास गरिएको भनी प्रश्न गर्दा अध्यक्ष बुद्धि सुवेदीले सभामा उपस्थित हुन नसक्नेले इमेलबाट प्रोक्सी मत दिएको आधारमा पास गरेको जानकारी दिए । महासचिव अन्जन चौलागाइद्धारा सञ्चालित उदघाटन कार्यक्रममा कंग्रेसका महामन्त्रि विश्वप्रकाश शर्मा, आइसिसिका अध्यक्ष कुल आचार्य, रविना थापा, महासचिव डा केशव पौडेल, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, उपाध्याक्ष कृष्णजिवि पन्त, पुर्व उपाध्याक्ष राधा पौडेल, नर्थक्यारोलिना च्याप्टरका अध्यक्ष बासुदेव भट्ट, एनसिएनसिका अध्यक्ष आरपि पौडेल लगायतले मन्तव्य दिएका थिए ।

नर्थक्यारोलिनाको रयालीस्थित मेरियोट होटलमा आयोजित कार्यक्रम स्थानीय नर्थक्यारोलिना च्याप्टरको विशेष सक्रियतामा भएको थियो । कार्यक्रममा स्थानीय बालबालिकाहरुले नेपाली मौलिक कला सस्कृति झल्कने नेपाली नृत्य प्रस्तुत गरेका थिए ।

विधान संसोधन
एनआरएनए अमेरिकाको सदस्यता वितरण अब अन्तर्राष्ट्रिय समन्वय समितिको प्रणाली (आइएमएस सिस्टम) बाट हुने गरि विधानमा संसोधन गरिएको छ । यो बारे एनसीसी र आइसीसी बीचमा लामो समय प्रयास गदै आएका थिए । आइसीसीले सुरक्षाको ग्यारेण्टी गरेपछि एनसीसी र आइसीसी बीच सम्झौता भएको थियो । उक्त सम्झौता आइसीसीका अध्यक्षद्वय कुल आचार्य र रविना थापाको उपस्थितिमा आइसीसी महासचिव डाक्टर केशव पौडेल र एनसीसी अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले हस्ताक्षर गरेका थिए । आइसिसिसंगको यो सम्झौतालाई कार्यन्वयनमा लैजान विधान संसोधन गरिएको अध्यक्ष सुवेदीले बताए ।
त्यस्तैगरि विधानमा निवर्तवान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्वअध्यक्ष मध्येबाट भन्ने व्यवस्था गरिएको छ । यस्तै कार्यसमितिमा महिलाहरुको ३३ प्रतिशत सहभागिताको ग्यारेण्टी र च्याप्टर सभापतिहरुलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुन पाउने व्यवस्था गरिएको छ । यो संसोधन पछि अब एक कार्यकाल पुरा गरेको च्याप्टर सभापति पनि एकै पटक एनसीसी अमेरिकाको अध्यक्षको उमेदवार हुन योग्य हुने छ । त्यस्तै आगामी दिनमा सदस्य बन्नका लागी डेविट वा क्रेडिट कार्ड बाहेक गिप्ट कार्ड प्रयोग गर्न नपाइने भएको छ । यस अघि गिप्ट कार्डबाट सदस्यता बनाएर मत खरिदविक्रि गरेको आरोप लागेकोले गिप्ट कार्ड हटाएको हो ।

निर्वाचन प्रमुख आयुक्तमा फुलारा

कार्यक्रममा आगामी नेतृत्वको लागी हुने निर्वाचन आयोगको प्रमुख आयुक्तमा कानुन व्यवसायी बासु फुलारा नियुक्त भएको छ । उनी यस अघिको निर्वाचनमा उपप्रमुखको रुपमा खटिएका थिए । कानुन व्यवसायी फुलारा न्युयोर्कमा लामो समयदेखिन कानुन व्यवसायीको रुपमा परिचित व्यक्ति हुन ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ३० बजे