११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

बाजुराको बुढीगंगामा एमाले विजयी



बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुन: मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका छन्।

बानियाँ ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भए । उनो निकट्तम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।

उपप्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनीसँग पराजित कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।

बाँनिया र कुँवर ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । तर त्यसबेला कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।

१० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ३ वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।

बुढीगंगामा वैशाख ३० को निर्वाचन रद्द भएपछि आयोगले पुन: मतदान गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : १९ बजे