३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

लिउ जियान्चाओ नेपालमा, यस्तो छ उनको भेटवार्ता तालिका



चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् ।

उनले विभिन्न उच्च पदस्था अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ।

लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन् ।लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान उनकै निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

चिनियाँ विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ६ सदस्यीय चिनियाँ टोली लिएर आएका लिउ एअर चाइनाको विमानबाट बिहान पौने ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ३२ बजे