१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

न्युयोर्कमा बीमाकुमारी दुरा साँझ सम्पन्न



न्युयोर्क । नेपालका अन्यन्तै लोकप्रिय लोक दोहोरी तथा लोकगीतकी वरिष्ठ गायिका तथा सर्जक बीमाकुमारी दुराको एकल गायन साझँ यहाँ भव्यरुपमा सम्पन्न भएको छ ।

अमेरिकाको भ्रमणमा रहेकी गायिका दुराको एकल गायन साझँ नेपालको सान कला र संस्कृतिको पहिचान भन्ने नारा लिई स्थापना गरिएको स्याङ्जा समाज अमेरिकाले न्युयोर्कको नेपाली भान्साघरको रेस्टुरेन्टमा आयोजना गरेको हो ।

स्याङ्जा समाज अमेरिकाका महासचिव शोभाकान्त पाण्डेले स्वागत भाषण गरी कलाकारहरुको परिचय गराएको उक्त कार्यक्रममा न्युयोर्कका स्थानीय कलाकारहरु विमल डागी, संगीता थापा, मधुर गिरी, न्हुच्छेनारायण डंगोललगायतका कलाकारहरुले साथ दिएका थिए । साथै न्युयोर्कको नौमती बाजा समूहले पनि बाजा बजाई साथ दिएको थियो ।

गायिका दुराले रातको ९ बजे सुरु भएको कार्यक्रममा रातको २ बजेसम्म गाएर उपपस्थित दर्शकहरुलाई मनोरन्जन दिइन् ।

स्याङ्जा समाज अमेरिकाका अध्यक्ष विमला हमाल श्रेष्ठले गायिका दुरालाई खादा लगाई स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए ।

गायिक दुराले नेपालको मिडियाले अब आफू नेपाल फर्कंदैन भनी हल्ला गरेकोमा दुःख व्यक्त गर्दै यो गलत रहेको उल्लेख गरिन् । ”म आफ्नो देश फर्कन्छु, मलाई आफ्नो देश , आफू जन्मेको माटो प्यारो लाग्छ” उनले भनिन्न ।

स्याङ्जा समाज अमेरिकाका संस्थापक निवर्तमान अध्यक्ष बीरेन्द्रजंग केसीले स्याङ्जा समाज अमेरिका स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै अमेरिकामा नेपाली कला, धर्म, संस्कृति, चाडपर्व रीतिरिवाज प्रवद्र्धन तथा प्रचार अनि नयाँ पुस्तालाई आफ्नो देशको कला संस्कृति पहिचान गराई यसलाई लोप हुन नदिन यो संस्था स्थापना गरेको बताए । उनले अमेरिका आएका कलाकारहरुलाई मात्र प्रस्तुत गरेको नभइ नेपालदेखि कलाकार बोलाएर यस्ता कार्यक्रम प्रस्तुत गर्ने गरेको स्पष्ट पारे ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ५३ बजे