अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा महिलाको पहुँचको बारेमा सर्वेक्षण भइरहेको छ । जापानको सोफिया विश्वविद्यालयका प्राध्यापक तथा न्यूयोर्कमा रहेको सिटी युनिभर्सिटी, स्कूल अफ पब्लिक हेल्थ एन्ड हेल्थ पोलिसीमा अनुसन्धानकर्ताको रुपमा कार्यरत मासाको तनाकाले यस्तो सर्वेक्षणा गरिरहेकी छन् ।
नेपालबाट न्यूयोर्क शहरमा आउनु अघि र पछि यौन तथा प्रजनन स्वास्थ्य सेवामा नेपाली महिलाको पहुँच कस्तो थियो र छ भन्ने बिषयमा प्राध्यापक तनाकाले तथ्याङ्क सङ्कलन गरिरहेको बताइन् । अध्ययनका क्रममा उनले विशेषगरी न्यूयोकको क्वीन्समा बसोबास गर्ने एक सय जना नेपाली महिलाहरुसँग प्रत्यक्ष भेटेर, टेलिफोनमार्फत तथा अनलाइनमार्फत पनि तथ्यांक संकलन गरिरहेको जानकारी दिइन् । उनले जुलाईमा तथ्यांक सङ्कलन पूरा गरी सक्ने र अगस्टमा प्राप्त निष्कर्षहरू सार्वजनिक गर्ने छिन् ।
यो सर्वेक्षणको निष्कर्षले स्वास्थ्य सेवा प्रदायक तथा नीति निर्माताहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा महिलाको पहुँचमा सहजताका लागि सिफारिसहरु पेश गरिने जानकारी दिइन् । सर्वेक्षणको निष्कर्ष शैक्षिक अध्ययन प्रयोजनका लागि मात्र गरिने साथै सहभागीहरुको व्यक्तिगत विवरण कही कतै सार्वजनिक नगरिने उनको भनाइ छ ।
अनलाइन सर्वेक्षणमा सहभागी हुनको लागि, नेपालमा जन्मेको, १८ देखि ४९ वर्षको उमेर समूहका न्यूयोर्क शहरमा बसोबास गर्ने महिलाहरू सहभागी हुन सक्ने छन् ।
यदि तपाइहरु, कोही पनि महिला यो सर्वेक्षमा सहधागी हुन चाहनु हुन्छ भने प्राध्यापक मासाको तनाकालाई mtanaka@sophia.ac.jp मा इ–मेल वा 718–912–8896 मा फोन गरी सम्पर्क गर्न सकिने बताइएको छ ।
त्यसैगरी न्यूयोर्क शहरमा प्रजनन स्वास्थ्य सेवा, गर्भावस्था, गर्भनिरोधक र गर्भपतनमा नेपाली महिलाको पहुँचसम्बन्धी अनलाइन सर्वेक्षणमा पनि सहभागी हुन सकिन्छ । अनलाइन सर्वेक्षणमा प्रश्नहरूको जवाफ अंग्रेजी वा नेपाली भाषा मध्ये एउटा छानेर लिन सकिन्छ । अनलाइन सर्वेक्षणको लागि यो लिंकमा जानु पर्छ: https://bit.ly/3OKiguj