१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

दुई केजी युरेनियमसहित  १५ जना पक्राउ



विराटनगरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले युरेनियमसहित १५ जनालाई पक्राउ गरेको छ ।

यही साउन १ गते विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा रहेको ठूल्दाइ होटलबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो भने ४ गते दुधफारमबाट थप ७ जनालाई नियन्त्रणमा लिएको हो ।

ठूल्दाई होटलमा कोठा लिएर बसेकाहरुलाई विशेष सूचनाको आधारमा १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङ जिल्लाको धनपालथान गाउँपालिका–७ बस्ने वर्ष ४१ को शिव शंकर पासवान, सोही गाउँपालिका–४ बस्ने वर्ष ३७ को मुकेश कुमार साह, वडा नं. ७ बस्ने वर्ष ४३ को प्रदिप पुरी, मोरङकै कटहरी गाउँपालिका–२ बस्ने वर्ष ४० को दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका–१२ बस्ने वर्ष ४६ को फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका–७ बस्ने वर्ष ३५ को गोपाल मगर, खोटाङ हलेसी नगरपालिका९ बस्ने वर्ष ३२ को किरन राई र मोरङ धनपालथान गाउँपालिका–७ बस्ने वर्ष ४४ को लक्ष्मण शर्मा रहेका छन्।

यस्तै, विराटनगर महानगरपालिका–३ स्थित दुधफारमबाट विशेष सूचनाको आधारमा प्रहरीले ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित सात जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ बस्ने वर्ष ४५ को जीवन गुरुङ, मोहोत्तरीको मङ्हा नगरपालिका–६ बस्ने वर्ष ४२ को अब्दुल गनी खान, मोहोत्तरीकै बर्दिबास नगरपालिका–१२ बस्ने वर्ष ३० को चन्दन कुमार महतो, मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने वर्ष ५५ को रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका–५ बस्ने वर्ष ३६ को दिपक बहादुर भ्लोन, मोहत्तरीको मनराषिशवा नगरपालिका–३ बस्ने वर्ष ४९ को उमेश प्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका–५ बस्ने वर्ष २८ को श्याम घिमिरे रहेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ५४ बजे