१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

बढ्दै छ फेरी संक्रमण, एकै दिन थपिए ६२० संक्रमित



नेपालमा कोरोना संक्रमणको दर दैनिक बढ्ने क्रममा रहेको छ । आइतबार एकै दिन थप ६३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार ८५६ स्वाब परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो । दुई हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र तीन हजार १९५ जनाको एन्टिजन परीक्षण गर्दा १२४ जनाका कोरोना देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ। आज २९७ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ५६ बजे