२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय, ओलीद्वारा स्वागत



नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

चुनाव घोषणालाई केपी ओलीको स्वागत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेकोमा स्वागत गरेका छन् । नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरुलाई सम्बोधन गर्दै चुनाव घोषणा हुनु स्वभाविक र नियमित प्रक्रिया भएको बताए ।

‘हामीले पनि चुनाव घोषणा हुनुपर्छ भनिरहेकै थियौं’ ओलीले भने । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ३ : १७ बजे