एनआरएन अमेरिका नर्थक्यारोलिना च्याप्टरले बरिष्ठ स्वस्थ्यविज्ञहरुको उपस्थितिमा नेपाली समाजमा आत्महत्या रोकथाम र मानसिक विकास सम्बन्धीत विशेष जानकारीमुलक कार्यक्रमको आयोजना गरियो । भर्चुयल जुमको माध्यामबाट आयोजित कार्यक्रममा बरिष्ठ चिकित्सकहरु डा जगन सुवेदी, डा सुस्रा अरज्याल र नरेन्द्र ठगुन्नाको उपस्थिति रहेका थिए ।
नेपाल, अमेरिका लगायत विभिन्न मुलुकको सहाभागी रहेको कार्यक्रम गत आइतबार बेलुकी ६ बजेदेखि साव ८ बजेसम्म भएको थियो । कार्यक्रममा उपस्थित चिकित्सकहरु र विभिन्न राज्यका च्याप्टर प्रतिनिधिहरु लगायत सबै सहाभागीहरुलाई नर्थक्यारोलिना च्याप्टरका अध्यक्ष बासुदेव भट्टले धन्यवाद दिएका थिए ।