४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

न्युयोर्कमा इहीः कर्म सम्पन्न


Ang

३१ श्रावण २०७९, मंगलबार  

8
Shares

न्युयोर्क । नेवार समुदायका कन्याहरु रजस्वला हुनुपूर्व परम्परागत इही : कर्म गर्ने चलन अनुसार गरिने विशेष पूजा नेवाः गुठी न्युयोर्कले सम्पन्न गरेको छ । गुठीले बर्षनी गदै आएको यो पााचौ हो । यस पटकको इहीः कर्ममा ७ जना बालिका सहभागी भएका थिए । जसमा ९ बषिर्य किअरा ताम्राकार, ९ बषिर्य रुविशा श्रेष्ठ, ८ बषिर्य सनया कारन्जित, ९ बषिर्य श्रीशा श्रेष्ठ , ९ बषिर्य अन्याकिरण श्रेष्ठ, ६ बषिर्य नोभा अमात्य र ६ बषिर्य आर्या अमात्य लगायत थिए ।

उक्त कार्यक्रम बासव राजपाध्यायले धार्मिक विधि र परम्परा अनुसार गर्नुभएको थियो । अति नै गाह्रो उक्त कार्य सम्पन्न गर्न दिनभरि लागेको थियो । नेवाः गुठीका कोषाध्यक्ष हृदय तुलाधरका अनुसार यस पटकको इही कार्यमा विशेषगरी मेक्सिको, वासिङ्टन डीसीलगायतका स्थानबाट सहभागिता जनाइएको थियो । उक्त कार्यको सम्पूर्ण व्यवस्थापन गुठी परिवारका सजना मर्हजन, निर्मल प्रधान, जितेन्द्र श्रेष्ठ, सृमल्ल,निर्मल चित्रकार, हृदय तुलाधार, कविनासिंह महर्जन, कृष्णा महर्जन सम्राट सिंह मर्हजन,आरिष तुलाधार, सन्तोष मर्हजन, अनिता नकर्मि, रज्जु लोहनी चित्रकार, जमुना कपाली, रिदेश तुलाधार र सुष्मा मानन्धर लगायतले गरेका थिए । कार्यक्रममा सहभागी सबैले नेवाः गुठी परिवारलाई धन्यवाद ज्ञापन गर्दै नेवाः परम्परा र संस्कृतिको जगेर्ना गरेकोमा प्रशंसासमेत गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : २० बजे