न्युयोर्कमा विशेष कार्यक्रमका साथ मनाइयो फाङगी

२०७९ श्रावण ३१, मंगलवार ०९:४१

पासाङ शेर्पा, न्युयोर्क ।

शेर्पा समुदायको विभिन्न पर्व मध्येका एक महत्वपूर्ण फाङगी कार्यक्रम न्युयोर्कमा वृहत साँस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको छ । विशेष गरि नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा समुदायले एक हप्तासम्म विभिन्न कार्यक्रमहरु गरेर मनाउने फाङगी यस पटक न्युयोर्कस्थित अस्ट्रोरिय मेनोर हलमा मनाएको हो । तर प्रवासमा समय र परिस्थितिलाई मध्यनजर गर्दै एक दिनमा सिमित बनाएर मनाउदै आएको छन ।

परम्परागत रुपमा फाङगी लावा (आयोजक समिति) गठन गरेर वार्षिक रुपमा मनाउदै आएको यो कार्यक्रम यस वर्षदेखि न्युयोर्कमा खुम्बु पासाङल्हु शेर्पा समाज, न्युयोर्कले आयोजना गर्दैन थालेको हो ।

फाङ्ङी चाड, दथो ( चन्द्रमास) पात्रो अनुसार हरेक वर्षको छैटौं महिनामा गुर्जे फग भन्ने तिथिमा पानी, खाद्यबाली र फलफूलहरुमा एक बिशेष प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ । लामाले छ्याङ-घर उत्पादन गरेको जाड) मा सर्किम ( पुजा) गरेर औपचारिकरुपमा कार्यक्रमको सुरुवात गरिएको थियो । उक्त अवसरमा आयोजक समाजका तर्फबाट महासचिव आङ ग्याल्जेन शेर्पाले अतिथिहरुलाई आसन ग्रहण गराउनुका साथै समाजका कोषाध्यक्ष आङ छेची गुरुङ शेर्पाले शेर्पा भाषामा स्वागत मन्तव्य राखेका थिए ।

धर्म गुरु उर्गेन ठुल्कु, शेर्पा किदुक न्युयोर्कका अध्यक्ष छिरिङ्ग शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ्ग शेर्पा, शेर्पा संघ अमेरिकाका बरिस्ठ उपाध्यक्ष एपी लामालगायतका वक्ताहरुले फाङगीको उपलक्ष्यमा शुभकामना मन्तव्यका साथै फाङ्गी पर्वको बारेमा बिशेष चर्चा गरेका थिए । त्यसैगरी समाजका अध्यक्ष ङवाङ शेर्पा गर्जाले कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिलगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा ङवाङ छेतेन शेर्पा र पासाङ शेर्पाको बिशेष सन्देशमुलक प्रहसन, दावा नुरु शेर्पाको “सा कर्णलीको” बोलको गीतमा गरेको नृत्य, निमा याङ्जी शेर्पाको व्यंग्यात्मक कविता, साथै परम्परागत शेर्पा श्यार्बु गरेर उपस्थित सबैजनालाई भरपुर मनोरञ्जन दिलाएको थियो । त्यस्तै साना साना नानीहरु नृत्य र अन्यहरुले विभिन्न भाषाको गीतहरुमा गरेको नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो । समाजका महासचिव आङ गेल्जेन शेर्पाले सञ्चालन गरेको कार्यक्रमको अन्त्यतिर डिजे जाङबु शेर्पा (डिजे एल एक्स) ले उपस्थित सबैलाई नचाएका थिए ।

सम्बन्धित समाचार