धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अहिले सबैभन्दा चर्चामा छन् । काठमाडौंको फोहोरको डुंगुर तह लगायन नसकेपछि काठमाडौं महानगरको मेयर बालेन साहले राजनीतिक दलका नेताहरुलाई गाली गरिरहेको बेला राईले भने मेयर भएपछिको सयदिनमा के के काम गरियो भनेर फेहरिस्त प्रस्तुत गरेका छन् ।
अहिलेसम्म आफूले गरेका कामको सूची भन्दै उनले १३ वटा कामको सूची सार्वजनिक गरेका हुन् । सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै धरानको मेयरमा निर्वाचित राईले गत जेठ ९ गते शपथ लिएका थिए । बुधबार उनले शपथ लिएको ८७ औं दिन हो । मेयर राईले अहिलेसम्म ४ ठाउँबाट खानेपानीसहितका कामको फेहरिस्त दिएका छन् ।
यिनै हुन् मेयर राईले उल्लेख गरेका कामको सूचि
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
९. लागूऔषधविरुद्धको अभियान सुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरें !
१२. पालिकाका सेवामा तीव्रता र प्रस्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !








